शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ
मङ्गलबार, १५ असार २०७८, १७ : ११
पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ ।
विरोध कार्यक्रमपछि मन्त्री श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण