चट्याङ लागेर पर्सामा २ जनाको मृत्यु
मङ्गलबार, १५ असार २०७८, १७ : ३१
जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी–४ देवरवना बस्ने ५५ वर्षीय रघुवीर यादव रहेका छन् । यादवको भैंसी चराउने क्रममा खेतमा चट्याङ लागेर मृत्यु भएको हो ।
यसैगरी जिल्लाकै जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया अस्तोर्मी देवी थारुको पनि चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण