सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डद्वारा वस्तु विनियम बजार सञ्चालन निर्देशिका जारी

मङ्गलबार, १५ असार २०७८, १७ : ४८
मङ्गलबार, १५ असार २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वस्तु विनिमय बजार सञ्चालन निर्देशिका जारी गरेको छ । बोर्डले असार १५ गतेदेखि लागू हुने गरी ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको हो । 

नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्था बमोजिम उक्त निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ । 

योसँगै अब धितोपत्र बजारमा वस्तु विनिमय बजार सञ्चालन गर्न चाहने कम्पनीहरूका लागि बाटो समेत खुलेको छ ।  यद्यपि, निर्देशिकाअनुसार कारोबार गरिने वस्तुका आधारमा वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको कारोबारको आधारमा न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म हुनुपर्ने प्रावधान तोकिएको छ । 

जस अनुरुप वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ को अनुसूची– १३ को खण्ड (क), (ङ) र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्न १ अर्ब ५० करोड चुक्ता पुँजी र वस्तु विनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ) र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्नको लागि २ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने बोर्डद्वारा जारी निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी, बजार सञ्चालन गर्ने संस्थाका संस्थापकहरुले न्यूनतम ५१ प्रतिशत र बढीमा शतप्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनुपर्नेछ । प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ । साथै वस्तु विनिमय बजारको सेयर सम्बन्धी व्यवस्था अनुरुप कसैले पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत भन्दा बढी सेयर लिन पाउने छैन 
निर्देशिकामा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न आवश्यक पर्ने चुक्ता पुँजी, सेयर संरचना, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता, कारोबार गर्न पाउने वस्तुको सूची लगायतका विषयहरू समेत समावेश गरिएको छ । 
यस्तो छ निर्देशिका : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप