वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी आन्दोलनकारीको नियन्त्रणमा
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्ष र आन्दोलनरत पक्ष बीचको वार्ता भाँडिएको छ । मंगलबार दिउँसो ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका कारण वार्ता भाँडिएको हो । आन्दोलनरत पक्षले डा.गिरी मादक पदार्थ सेवन गरेर छलफलमा बसेपछि वार्ता भाँडिएको आरोप लगाएको छ ।
डा.गिरीको रवैयापछि आन्दोलनरत पक्ष वार्ता छाडेर बाहिरिएको संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए । ‘उपकुलपति गिरीको बोली लर्बरिएको र उनी बोल्दा रक्सीको गन्ध आएको थियो, त्यसैले वार्ताको अर्थ नहुने भन्दै आन्दोलनकारी वार्तास्थलबाट बाहिरिएको छ’ पोखरेलले भने । वार्तास्थलबाट बाहिर निस्किएलगत्तै आन्दोलनरत पक्षले अस्पताल प्रशासनका पदाधिकारीहरूलाई थुनेका छन् । आन्दोलनकारीले भिसी गिरीलाई समेत वार्ता कक्षमा नै थुनेका छन् । वार्तामा अमर्यादित रुपमा उपकुलपति प्रस्तुत भएको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित भएका छन् ।

वार्तामा अस्पताल प्रशासनका तर्फबाट उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल सहभागी थिए भने अस्पतालका निर्देशक डा.गौरीशंकर साह सहभागी थिएनन् ।
आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने भन्दै प्रतिष्ठान परिसरमा नाराबाजी गरिरहेका छन् । उपकुलपतिसहित चारैजना पदाधिकारीहरूको राजीनामा नआएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक पोखरेलले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण