रुपन्देहीमा कार दुर्घटना, काँग्रेस नेता भण्डारीका भाईको मृत्यु
मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीका डा.शंकर भण्डारीको मृत्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो ।
डा.भण्डारीको दुर्घटनामा परेर मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
भण्डारी आफैंले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका कान्छा भाई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण