सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते

मङ्गलबार, १५ असार २०७८, २३ : १४
मङ्गलबार, १५ असार २०७८

प्रदेश नं २ को आज बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो । यही असार १ गते प्रदेशसभामा प्रस्तुत  आगामी आव २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी आजको बैठक आह्वान गरिए  पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि आजका लागि बैठक आह्वान गरिएको थियो ।  संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप