सेवाग्राहीसँग घुस लिएको आरोपमा सव इन्जिनियर पक्राउ
सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकारण ओखलढुंगाका एक कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंकेका भूकम्प प्रभावितसँग ३० हजार रुपैया घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) मा कार्यरत सवइन्जिनियर राजन पासवान पक्राउ परेका हुन् ।
मंगलबार सव इन्जिनियर पासवानले निशंकेका भूकम्प प्रभावित नागरिकसँग घर निमार्णपछि प्राप्त हुने तेस्रो किस्ता वापतको रकम निकासाका लागी कागजात मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस रकम (रिसवत) लिएको पाइएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
सेवाग्राहीसँग घुस रकम लिएको पुष्टी भएपछि सव इन्जिनियर पासवानलाई मंगलबार बेलुका पक्राउ गरी घुस रकमसहित आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान अयोग टंगाल काठमाण्डाैमा पठाइएको प्रमुख प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण