यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार
यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब शहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब शहरस्थित सेनाका साहन अल–जेन क्याम्प र क्षेत्रीय क्याम्प गरी दुई ठाउँलाई लक्षित गरिएको बताएका छन् । मरिबका स्वास्थ्यकर्मी र स्थानीयबासीले हुथीले प्रहार गरेको क्षेप्यास्त्र आवासीय इलाकामा खसेको बताउँदै यस आक्रमणबाट एक बच्चासहित तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
इरान समर्थित हुथी समूहले मध्य यमनको तेल खानी रहेको मरिब क्षेत्रलाई नियन्त्रणमा लिन पछिल्ला केही दिनदेखि सरकारी सेना विरुद्ध कारबाही थालेको छ । यहाँ साउदी अरबको समर्थन प्राप्त यमनको सरकारी सेनाको नियन्त्रण छ ।
मरिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झण्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण दश हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस अन्यत्र पलायन भएका छन् ।
संयुक्त राष्ट्रसंघले हालै द्वन्द्वरत पक्षहरुलाई वार्तामा ल्याई युद्धबिराम गराउने प्रयास समेत विफल भएको थियो ।
यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । यमनका प्रमुख विद्रोही समूह हुथीले राजधानी साना सहित सबैजसो उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण