प्रचण्डको प्रतिप्रश्न : हामी कसरी ओलीजस्तै भयौं ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको प्रवृत्ति र आफूहरुको प्रवृत्ति फरक भएको जिकिर गरेका छन् । विपक्षी गठबन्धनले बानेश्वरस्थित संसद्को ल्होत्से हलमा आयोजना गरेको नागरिक समाजसँगको अन्तरक्रियामा प्रचण्डले संविधान ध्वस्त पार्ने र बचाउन लाग्ने व्यक्ति एउटै प्रवृत्तिको हुन नसक्ने बताए ।
‘ओली प्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको छ । हामी त्यसका विरुद्धमा लागिरहेका छौं । हामी कसरी ओलीजस्तै भयौं ?’ प्रचण्डको प्रतिप्रश्न थियो । अहिलेको मुख्य समस्या ओली प्रवृत्ति भएकाले त्यसका विरुद्ध सबै सँगै एउटा ठाउँमा रहेको उनको भनाइ छ ।
यस्तै कार्यक्रमा सहभागीले प्रचण्डलाई अस्थिर भएको आरोप लगाएपछि उनले भने, ‘प्रचण्ड कहिले यता उता भन्नुहुन्छ। मलाई कहिले यता कहिले उता कसले बनायो मेरो कमजोरी होला मैले माने। शान्ति सम्झौतामा आएँ । संविधान बनाएँ । त्यो गर्न हुँदैन थियो त ?’
ओलीले सम्झौता गरेर कार्यान्वयन नगरेका कारण अहिलेको अवस्था आएको प्रचण्डको भनाइ छ । उनले संविधान बनाउने बेलाकै जस्तो खतरा अहिले उत्पन्न भएको टिप्पणी गरे। ‘दोस्रो संविधानसभा असफल भयो भने के होला भन्ने खतरा भयो। अडान लिइराखौँ तर संविधान बनाउँ भनेर सहमति गर्यौं,’ प्रचण्डले भने।
प्रचण्डले अहिलेदेखि नै कोरोनाको खोप ल्याउनेबारेमा गठबन्धनले विभिन्न देशसँग कुराकानी गरिरहेको बताए । उनले गठबन्धनको सरकार बनेमा जनताको जीउधनको विषय नै पहिलो प्राथमिकतामा पर्ने बताए । ‘सरकार बनाइसकेपछि पनि तपाईलाई फेरि बोलाइन्छ। हाम्रो पहिलो जीउधनको एजेण्डा बनाइन्छ। अहिले नै विभिन्न राष्ट्रसँग खोपको अवस्था के छ भनेर कुरा थालिएको छ। खोपको एजेण्डा प्राथमिकतामा छ’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण