धान रोप्दारोप्दै युवकको मृत्यु
बुधबार, १६ असार २०७८, २२ : ४५
रौतहटमा धान रोप्दारोप्दै एक युवकको मृत्यु भएको छ। गौर नगरपालिका–४ टीकुलिया बस्ने धोरा चन्द्रबंशीका २५ वर्षीय छोरा प्रमोद चन्द्रवंशीको धान रोप्दा रोप्दै मृत्यु भएको हो । बुधबार चन्द्रवंशी टिकुलिया गाउँभन्दा पश्चिमतर्फ रहेको लालबकैया नदी पारी धान रोपाई गर्न गएका थिए ।
धान रोप्ने क्रममा उनको लडेर मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन् । मृतक चन्द्रवंशीको शव पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण