धान रोप्दारोप्दै युवकको मृत्यु
बुधबार, १६ असार २०७८, २२ : ४५

रौतहटमा धान रोप्दारोप्दै एक युवकको मृत्यु भएको छ। गौर नगरपालिका–४ टीकुलिया बस्ने धोरा चन्द्रबंशीका २५ वर्षीय छोरा प्रमोद चन्द्रवंशीको धान रोप्दा रोप्दै मृत्यु भएको हो । बुधबार चन्द्रवंशी टिकुलिया गाउँभन्दा पश्चिमतर्फ रहेको लालबकैया नदी पारी धान रोपाई गर्न गएका थिए ।
धान रोप्ने क्रममा उनको लडेर मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन् । मृतक चन्द्रवंशीको शव पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित