नदीजन्य समस्या परे सम्पर्क गर्न काठमाडौं महानगरको आग्रह
यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरियोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो । महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ ।
भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पु¥याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गएका वर्षहरुमा धोबीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुसी नदीबाट सामाखुसी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरी नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।
सामाखुसीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले बताए । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्याङ, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ । सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण