नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

अविरल वर्षासँगैको बाढी पहिरोबाट जिल्लाको नासो गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासो क्षेत्रभित्र रहेका कच्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटलले बताए ।
बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको छ । यहाँका सात पुलमध्ये चारवटा पुल बाढीले बगाएको र तीनवटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ । पुलमा पूर्ण तथा आंशिक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।
तीनवटा जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए । यस्तै रु तीन लाख बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको बताइएको छ । यही असार ४ गते मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्षति पुर्याएको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्र घलेकाअनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहिरोबाट क्षति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिणत भएको छ । मर्स्याङ्दीमा उर्लिएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो
-
मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
-
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
-
घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !
-
अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
संसद् भवनभित्र भुईँमा बसेर रास्वपाको विरोध (तस्बिरहरू)