नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति
अविरल वर्षासँगैको बाढी पहिरोबाट जिल्लाको नासो गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासो क्षेत्रभित्र रहेका कच्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटलले बताए ।
बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको छ । यहाँका सात पुलमध्ये चारवटा पुल बाढीले बगाएको र तीनवटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ । पुलमा पूर्ण तथा आंशिक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।
तीनवटा जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए । यस्तै रु तीन लाख बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको बताइएको छ । यही असार ४ गते मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्षति पुर्याएको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्र घलेकाअनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहिरोबाट क्षति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिणत भएको छ । मर्स्याङ्दीमा उर्लिएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण