कपिलवस्तुमा जीप दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, १८ असार २०७८, १८ : ४६
कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा स्कोरपियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वाणगंगा ८ चप्परगाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार स्कोरपियोमा चारजना सवार रहेका थिए । दुर्घटनामा परेका अरुको स्वास्थ्य स्थिति सामान्य रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण