सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त

शुक्रबार, १८ असार २०७८, १९ : ३७
शुक्रबार, १८ असार २०७८

प्रदेश नम्बर २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा २ जनालाई नियुक्त गरेको छ । नियुक्ति पाउनेमा सिरहाको मिर्चैया नगरपालिका–२ का डा.वैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका– ६ बस्ने प्रमिलाकुमारी सिंह रहेका छन् । नवनियुक्त दुवै सदस्यलाई मुख्यमन्त्री लालबाबु राउतले एक समारोहबीच नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

जसपा भित्रको आन्तरिक कलहका कारण प्रदेश नीति तथा योजना आयोगले पूर्णता नपाइरहेका बेला २ जनालाई भने नियुक्त गरिएको हो । यसअघि ०७६ भदौ २२ गते आयोगको उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झा नियुक्त भएका थिए । उनको कार्यकालपछि आर्थिक वर्ष ०७४/७५ मा एक उपाध्यक्ष र एक सदस्य नियुक्त भएका थिए ।

जसको नेतृत्व डा.हरिवंश झाले गरेका थिए । २०७५/७६ मा ३ सदस्य थप भई पदेन समेत गरी ७ सदस्यीय आयोग गठन भएको थियो । तत्कालीन उपाध्यक्ष रहेका डा.झासहित अन्य सदस्यहरुलाई काम गर्न नसकेको भन्दै हटाइएको थियो । त्यसपछि सदस्यहरुको नियुक्ति भएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप