सुर्खेतमा तीन फरार अभियुक्त पक्राउ
प्रहरीले विभिन्न समयमा कैदका लागि फैसला भएका तर फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा संलग्न कैद सजाय तोकिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–२ का ४० वर्षीय भीमप्रसाद न्यौपाने, वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्मराज गिरी, दैलेखको दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्तीले न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । यस्तै गिरीलाई चेक अनादर मुद्धामा सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गतेको फैसलाको आदेशअनुसार प्रहरीले पक्राउ गरेको हो । उनले ४२ हजार ५०० जरिवाना तिर्नुपर्नेछ ।
‘अर्का फरार प्रतिवादी खड्कालाई वीरेन्द्रनगर बजारबाट पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ’ घर्तीले भने–‘उनलाई सुर्खेत जिल्ला अदालतले २०६८ भदौ २८ गतेको फैसलाले खड्कालाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सुनाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण