भारत, पाकिस्तानलगायत देशमा तत्काल यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकहरूलाई आग्रह
संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ । परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेकोे छ ।
यूएईको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।
युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।
यसैबीच यूएईले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्व स्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण