सुर्खेतमा लागुऔषध सहित एकजना प्रहरीको नियन्त्रणमा
शनिबार, १९ असार २०७८, १६ : ३१
सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालका बर्ष २८ का नविन तिवारी हुन् ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरीले सोही स्थानबाट उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्तीले ती व्यक्तिको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ३ पुडिया लागू औषध (ब्राउन सुगर ) फेला परेको बताए ।
त्यसपछि उनको घर कोठा समेत खानतलासी गर्दा बेडको सिरानी मुनी ३ पुडिया लागू औषध (ब्राउन सुगर) फेला परेको थियो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण