सिरहामा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै मसाल जुलुस प्रदर्शन
सिरहामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मसाल जुलुस प्रदर्शन छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।
मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले विघटित संसदको पुनःस्थापनाको माग गर्दै पेट्रोलियम पर्दाथको मूल्य कम गर्न सरकारसँग माग गरे । केन्द्रीय सदस्य सिंहले तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने र यस अवधिको विद्यार्थीहरुको स्कुल फि मिनाहा गर्न समेत माग गरे ।
अखिल क्रान्तिकारीका जिल्ला सदस्य पारस यादव र अनेरास्ववियुका जिल्ला सदस्य सुरेश कुमार यादवको नेतृत्वमा गोल बजारको मुख्य चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण