डाबर नेपालले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’
काठमाडौं । डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु¥याउने नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस भएको कम्पनीको दावी छ ।
फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।
डाबर नेपालका प्रमुख एच.एस. बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत बनाउँदै नेपालको नं. १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । रियल इम्यूनो म्याङ्गो प्लस एउटा स्वास्थ्य वद्र्धक र ज्यादै मीठो आँपको जुस भएको र पावर अफ फाइभले भरिपूर्ण रहेको पनि उनले बताए ।
रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्व गन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको दावी छ ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणालाई समय अनुकुल मानेर ज्यादै मन पराएको बताए ।
फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
-
नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?
-
लामो युद्धका लागि अमेरिकाभन्दा बलियो अवस्थामा इरान
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण