सञ्चार विधेयकको विरोधमा लुम्बिनी प्रदेश सरकारलाई महासंघको ज्ञापनपत्र
लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सञ्चार विधेयकको प्रस्तावनादेखि नै प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने खालका प्रावधान राखेर नियन्त्रण गर्न खोजेको भन्दै महासंघले प्रदेशसभाबाट उक्त विधेयक फिर्ता गरी पुनर्लेखन गर्न माग गरेको छ ।
महासंघका रुपन्देही शाखा अध्यक्ष रामराज पोख्रेलको नेतृत्व गएको टोलीले लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौंमा रहेकाले प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाइएको महासंघले जनाएको छ ।
प्रदेश सरकारले ल्याएको विधेयकमा संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनालाई समेत बेवास्ता गरी सञ्चारमाध्यम प्रकाशन÷प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लंघनमा कारवाही गर्ने, सञ्चारकर्मीलाई रजिष्ट्रारले ६ महिनादेखि एक वर्षसम्म कैद सजाय तथा जरिवाना गर्न सक्ने प्रावधान छ ।
महासंघले विधेयक पुनर्लेखन नगरी जबर्जस्ती पारित गराउन खोजे आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ । यसअघि पत्रकार महासंघले आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो ।
आइतबार लुम्बिनीका अन्य जिल्लास्थित महासंघका शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण