भरतपुरमा ट्रकले स्कुटरलाई ठक्कर दियो, एक महिलाको मृत्यु
भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेल रहेकी छिन् । घाइतेमध्ये ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका–११ निवासी ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैगरी ७१९६ नम्बरको स्कुटर चालक देवघाटका ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीय सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना दिउँसो २ः ५५ बजे भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण