नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको होइन : बीमा समिति
सोमबार, २१ असार २०७८, १४ : ३५

बीमा समितिले थप नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने कुनै तयारी नभएको स्पष्ट पारेको छ । केही दिन यता थप नयाँ बीमा कम्पनीलाई समितिले लाइसेन्स दिन लागेको हल्ला चलिरहेको छ । यसलाई समितिले भ्रामक र समितिलाई नै विवादास्पद गराउन खोजेको आरोप लगाएको छ ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘थप नयाँ जीवन बीमा, लघुबीमा र निर्जीबन बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएको समाचार भ्रामक हो । लाइसेन्स दिने सम्बन्धमा कुनै काम कारबाही समेत नगरेको स्पष्ट पार्न चाहन्छौ ।’ हाल १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीबन बीमा कम्पनी र १ पुनर्बीमा कम्पनी गरी बिमा कम्पनीहरुको संख्या ४० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि
-
भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने
-
प्रदेश मामिला समितिद्वारा जाजरकोट भूकम्प पुनर्निर्माण सम्बन्धी सरकारलाई १० बुँदे निर्देशन र सुझाव
-
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो
-
आईपीएलमा प्रतिबन्ध, हराएका क्लब र अभागी टोलहरुको कथा
-
बजेटमा कर थपिएकोमा सुनचाँदी व्यवसायीको आपत्ति