नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको होइन : बीमा समिति
सोमबार, २१ असार २०७८, १४ : ३५
बीमा समितिले थप नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने कुनै तयारी नभएको स्पष्ट पारेको छ । केही दिन यता थप नयाँ बीमा कम्पनीलाई समितिले लाइसेन्स दिन लागेको हल्ला चलिरहेको छ । यसलाई समितिले भ्रामक र समितिलाई नै विवादास्पद गराउन खोजेको आरोप लगाएको छ ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘थप नयाँ जीवन बीमा, लघुबीमा र निर्जीबन बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएको समाचार भ्रामक हो । लाइसेन्स दिने सम्बन्धमा कुनै काम कारबाही समेत नगरेको स्पष्ट पार्न चाहन्छौ ।’ हाल १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीबन बीमा कम्पनी र १ पुनर्बीमा कम्पनी गरी बिमा कम्पनीहरुको संख्या ४० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण