‘निर्दलीय’ भन्ने शब्द त एकछिनको मुखको तितो : शम्भु थापा
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले ७६ (५) मा दलीय हिृप नलागे ‘निर्दल’ आउँछ भनेर मुखको तितो पोखेको जिकिर गरेका छन् । संवैधानिक इजलासमा निवेदक तर्फबाट जवाफ दिँदै थापाले भने-‘निर्दलीय भन्ने शब्द त एक छिनको मुखको तितो मात्र हो ।’
बहुमत सांसद आफुसँग नपुग्दा ‘केपी ओलीलाई मुद्दा हारेको थाहा छैन् र ?’ भन्ने प्रश्न गर्दै थापाले भने– ‘अदालत आएका सांसदको संख्या अहिले उहाँसँग छैन ।’ राष्ट्रपति पार्टीतिर ढल्किएको आरोप लगाउँदै थापाले भने– ‘प्रधानमन्त्रीले भनेको लुरुलुरु जसले मान्छ त्यो संसारमा कमजोर राष्ट्रपति हो, त्यस्तो राष्ट्रपति हामीलाई चाहिएको होइन ।’
प्रधानमन्त्री (केपी शर्मा ओली)ले आफु पनि संसद नगएको र अरुलाई पनि जान नदिएको बताउँदै थापाले सोधे– ‘७६ (५)को उद्देश्य हो के ?’ राष्ट्रपतिले प्रधानमन्त्रीमा परेको दावी संसदमा पठाउनुपर्ने थापाले बताए । ‘निर्दल भन्ने कहाँ हुन्छ र ?’ थापाले भने– ‘सांसदलाई कारवाही गरेर हटाउनुस् न ।’
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिकहाँ नभई संसदमा दावा गर्नुपर्ने थापाको जिकिर छ । ‘उपधारा (५) को अन्तिम स्रोत जुन छ त्यसमा राष्ट्रपतिले मेरो अधिकार भन्न मिल्दैन’ थापाले भने– ‘प्रक्रिया भित्र जानैपर्छ, राष्ट्रपतिको अधिकार प्रधानमन्त्रीको नाम माग्ने हो, विश्वासको मत पाउँदैनौ भन्ने अधिकार उहाँलाई छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण