अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था
पहिलोपटक वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।
सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ मन्त्रालयको सूचना अनुसार आगामी साउन १ देखि सेवाग्राहीहरुले नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् । यसका लागि सवारी धनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ ।
साथै, यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण