युवकको हत्या गरेको आरोपमा चन्द्रागिरिबाट २ जना पक्राउ
एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।
चन्द्रागिरी नगरपालिका ३ थानकोटमा आइतबार राति गोपाली समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरी नगरपालिका ३ थानकोट र तामाङलाई सोही नगरपालिका १ दहचोकबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न १ जना फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण