कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
बुधबार, २३ असार २०७८, १८ : १०
कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ । विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १/१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर ६१ जना नयाँ संक्रमित थपिएका छन् ।
८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज प्रदेशभर ८४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ५४ मा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण