बागमती प्रदेशसभा बैठक असार २६ गतेका लागि आह्वान
बागमती प्रदेशसभाको बैठक असार २६ गतेका लागि आह्वान गरिएको छ । अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक असार २६ गते शनिबारको लागि पुनः आह्वान गरिएको हो ।
प्रदेशसभा सचिवालयले असार २६ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको छ । सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ बजेटको विनियोजन विधेयकमाथि छलफलका क्रममा विभिन्न माग राख्दै विपक्षी दलहरुले गत असार १९ गते शनिबारको प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।
विपक्षी दलहरूको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले असार २१ गते सोमबार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि प्रदेश सरकारको बजेटमाथिको छलफल अन्यौल बनेको छ ।
प्रदेश सरकारको बजेट पास गराउने विषयलाई लिएर बैठकमा सत्तापक्षबाट नै आनाकानी भैरहेको छ भने प्रतिपक्षहरूले विरोध गरिरहेका छन् । विरोधका कारण प्रदेशसभाको बैठक गत शनिबारबाट अवरुद्ध हुँदै आएको हो । बैठक विगत तीन दिनदेखि लगातार अवरुद्ध भइरहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेमकिपाको अवरोध कायम छ ।
विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता, विपद व्यवस्थापनको बजेट संघीयता विपरित जिल्ला प्रशासन कार्यालयमा पठाउन नहुने, बजेट सिधै स्थानीय तहमा पठाउनुपर्ने, सशर्त तर्फको बजेट र योजनाको बाँडफाँडमा सत्तापक्ष र प्रतिपक्ष बीच विभेद गर्न बन्द गर्न नहुने, प्रदेश सरकार मातहतमा आमसञ्चार गृह सञ्चालनको निर्णय फिर्ता गर्नुपर्ने, विद्युतीय बस खरिद प्रकृया रोक्नुपर्ने र सुरङ्ग मार्ग निर्माणको योजना बन्द गर्नुपर्ने माग गर्दै प्रदेशसभामा विपक्षी दलहरुले लगातार अवरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण