वायु सेवा निगमको कार्यालय तनावग्रस्त,आन्दोलनरत कर्मचारीद्वारा नाराबाजी
नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, सुन्धारा तनावग्रस्त भएको छ । गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि केन्द्रीय कार्यालय तनावग्रस्त बनेको हो ।
यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले रातोपाटीलाई जानकारी दिए । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने डाँगीले बताए ।
राष्ट्रिय ध्वजाबाहक जस्तो इतिहास बोकेको राष्ट्रिय वायु सेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित छन् । गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारी बीच तनाब स्थिति पनि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण