वायु सेवा निगमको कार्यालय तनावग्रस्त,आन्दोलनरत कर्मचारीद्वारा नाराबाजी

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, सुन्धारा तनावग्रस्त भएको छ । गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि केन्द्रीय कार्यालय तनावग्रस्त बनेको हो ।
यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले रातोपाटीलाई जानकारी दिए । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने डाँगीले बताए ।
राष्ट्रिय ध्वजाबाहक जस्तो इतिहास बोकेको राष्ट्रिय वायु सेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित छन् । गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारी बीच तनाब स्थिति पनि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना