प्रहरीका एआईजीहरुको सरुवा तयारी
बिहीबार, २४ असार २०७८, १३ : ५०
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्न लागिएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले एआईजीहरुको सरुवा गर्न लागेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरि बहादुर पाललाई ७ महिनामै सरुवा लार्ग लागिएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार पाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर महानगरीय प्रहरी कार्यालयमा निरजबहादुर शाहीलाई पठाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव पठाएको छ ।
मानव श्रोत तथा प्रशासन विभागमा एआईजी विश्वराज पोखरेल र कार्य विभागमा प्रधुम्न कार्कीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । अपराध अनुसन्धान विभागमा गतसाता बढुवा सिफारिस भएका सहकुलबहादुर थापालाई पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण