प्रहरीका एआईजीहरुको सरुवा तयारी
बिहीबार, २४ असार २०७८, १३ : ५०

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्न लागिएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले एआईजीहरुको सरुवा गर्न लागेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरि बहादुर पाललाई ७ महिनामै सरुवा लार्ग लागिएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार पाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर महानगरीय प्रहरी कार्यालयमा निरजबहादुर शाहीलाई पठाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव पठाएको छ ।
मानव श्रोत तथा प्रशासन विभागमा एआईजी विश्वराज पोखरेल र कार्य विभागमा प्रधुम्न कार्कीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । अपराध अनुसन्धान विभागमा गतसाता बढुवा सिफारिस भएका सहकुलबहादुर थापालाई पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो