बाढीको पानीले रौतहटमा सयौँ बिगाहा धानबाली नष्ट
रौतहटस्थित अँडुवा खोलाको बाढीले सयौँ बिगाहा धानबाली नष्ट भएको छ । रौतहट र बारा जिल्ला को सीमानामा पर्ने आएको बाढीले फतुवा बिजयपुर नगरपालिकाका दर्जनौं किसानहरुले लगाएको सयौँ बिगाहा धानबाली खेतमै नष्ट भएका हो । वर्षभरीको मिहिनेत र हजारौँ रुपैया लगानी गरेर किसानहरुले लगाएको धानबाली काट्ने बेलामा बाढीको पानीले नष्ट हुँदा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत रामदासी, पेटभर्वा र बाराको सिंहास्नी, बैरिया तथा मलाहिगाउँको नदीका किसानहरु चिन्तित भएका छन् ।
स्थानीय देवीलाल महतोको ४ बिगाहा, जोखु राय यादव को १ बिगाहा, राजा साहको १५ कठ्ठा, धनई साहको १५ कठ्ठा, रघुनाथ साहको १ बिगाहा लगायत दर्जनौँ किसानले आ–आफ्नो खेतमा लगाएको एक सय बिगाहाभन्दा बढी क्षेत्रफल जग्गाको चैते धानबाली नष्ट भएको पूर्व गाविस अध्यक्ष राम एकबाल यादव जानकारी दिएका छन् ।
अँडुवा खोलामा आएको बाढीले झन्डै ४ हजार कुनटल धान नष्ट हुँदा एक करोडभन्दा बढीको क्षति भएको फतुवा विजयपुरका मेयर गोपाल यादवले जानकारी दिए । ठुलो परिमाणमा किसानको क्षति हुँदा राहत क्षतिपूर्ति परै जाओस् हालसम्म कुनै निकायले निरीक्षण समेत नगरेको पीडित किसानहरूले दुखेसो पोखेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका सिडिओ इन्द्रदेव यादवले उक्त समस्याबारे कसैले हालसम्म जानकारी नगएकाले जान नसकेको र यसैलाई खबर बुझेर अविलम्ब स्थलगत निरीक्षणमा जाने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण