भाइरल भइरहेछ मानव अनुहार भएको बिरालोको तस्बिर, पुलिसले बताए वास्तविकता
मङ्गलबार, ०७ कात्तिक २०७४, ११ : ३४
आजकाल सोसल मिडियामा मानव अनुहार भएको बिरालोको फोटो भाइरल भइरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको छ जसको अनुहारको बनावट मानिसको जस्तै छ र यसलाई एक ल्याबमा राखिएको छ । यस्तै, स्थानीय पुलिसले यस्तो कुनै पनि दाबीलाई झुटो बताएको छ । आफूहरुलाई यस्तो कुनै पनि बिरालो जन्मिएको खबर नआएको पुलिसले बताएको छ । यद्यपी, सोसल मिडियामा भाइरल भइरहेको यो फोटोपछि एक पटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सुरु भएको छ ।
फोटोमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ भने कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ । यस्तै पुलिसको अनुमान अनुसार यो फोटो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्छ । उक्त फोटोलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाएको पुलिसको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण