सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु
शुक्रबार, २५ असार २०७८, १३ : १८

नेकपा एमाले झापाका युवा नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते नेता प्रसाईको उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थापाले बताए । दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग