मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए ।
सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै मुख्यमन्त्री राईले महँगो मूल्यको गाडी खरिद गरेको भन्दै प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले सवारी साधन खरिद गर्दा गाडी मोह भने देखाउन नहुने बताए । तर उनले नै प्रदेश सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै ३ करोड १९ लाख ७३ हजार रुपैयाँको टोयोटा ‘प्राडो’ खरिद गरेका छन् ।
प्रदेश सरकारले तयार पारेको कार्यविधिले मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोड मूल्य बराबरको सवारी साधन खरिद गर्ने मापदण्ड तोकेको छ । यसबाहेक मुख्यमन्त्री शेरधन राईले आफू चढ्नका लागि निसान कम्पनीको ३८ लाख २५ हजारको कारसमेत किनेका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण