सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई

शुक्रबार, २५ असार २०७८, १४ : ५८
शुक्रबार, २५ असार २०७८

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए ।

सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै मुख्यमन्त्री राईले महँगो मूल्यको गाडी खरिद गरेको भन्दै  प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले सवारी साधन खरिद गर्दा गाडी मोह भने देखाउन नहुने बताए । तर उनले नै प्रदेश सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै ३ करोड १९ लाख ७३ हजार रुपैयाँको टोयोटा  ‘प्राडो’ खरिद गरेका छन् ।

​प्रदेश सरकारले तयार पारेको कार्यविधिले मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोड मूल्य बराबरको सवारी साधन खरिद गर्ने मापदण्ड तोकेको छ । यसबाहेक मुख्यमन्त्री शेरधन राईले आफू चढ्नका लागि निसान कम्पनीको ३८ लाख २५ हजारको कारसमेत किनेका छन्‌ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप