काँग्रेस संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल
नेपाली काँग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल सुरु भएको छ । शुक्रबार अपराह्न चार बजेबाट बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा इतर पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल चलिरहेको छ। ।
छलफलमा सभापतिका ८ जना आकांक्षी सहभागी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरु, डा.शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल चलिरहेको छ
पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा बोलाइएको छैन । साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा छलफल गर्न लागिएको केसीले रातोपाटीलाई बताए ।
पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गरेको थियो । त्यहाँ सिंहले आफू अगाडि बढिसकेको भन्दै पौडेललाई यसपटक समर्थन गर्न नसक्ने बताएका थिए । उक्त छलफलमा ८ जना नेताहरुले आफू सभापतिको आकांक्षी रहेको बताएका थिए ।
सिटौलाले मंगलबार आफू पक्षीय नेताहरुसँग छलफल गरेर सभापतिको तयारीमा रहेको बताएका थिए । पौडेल पक्षका शीर्ष नेताबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल क्रियाशील सदस्यता सम्बन्धी विषयमा केन्द्रित रहेको महामन्त्री शशांक कोइरालाको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण