ओखलढुंगाको रावादोलुमा पहिरो, ३ घर विस्थापित
जिल्लाको खिजीदेम्बा गाउँपालिकामा वर्षापछि आएको पहिरोका कारण ३ घर विस्थापित भएका छन् । खिजीदेम्बा गाउँपालिका ७ रावादोलुमा बिहीबार राती परेको वर्षाका कारण पहिरो जाँदा स्थानीय उदयबहादुर खत्री, दिलबहादुर खत्री र उदय बहादुर बस्नेतको परिवार विस्थापित बनेका हुन् । रातभर निरन्तर परको वर्षाले घरमाथिबाट पहिरो खस्दा स्थानीय उदयबहादुर खत्री र दिलबहादुर खत्रीको घर आधा पुरिएको छ । खत्रीद्धय नाताले बाबु छोरा हुन् । उनीहरु छुट्टाछुट्टै घरमा बस्दै आएका थिए । अर्का स्थानीय उदयबहादुर बस्नेतको भने खसेको पहिरो घरको जगसम्मै आइपुगेको छ । तीनवटै परिवार घर छाडेर अन्यत्र बस्न थालेका छन् ।
उक्त स्थान भिरालो तथा जोखिमयुक्त क्षेत्र भएका कारण बर्षाको समयमा पहिरोको जोखिम बढी रहेको खिजीदेम्बा गाउँपालिका ७ का वडाअध्यक्ष भूपेन्द्र बस्नेतले बताए । अघिल्लो वर्ष पनि बर्षाको समयमा सोही गाउँका केही स्थानयको घरमा पहिरोले क्षति पुगेको थियो । बर्षाका कारण बिस्थापित बनेका स्थानीयलाई वडा कार्यालयको तर्फबाट तत्कालका लागि त्रिपालको ब्यवस्था गरिएको र गाउँपालिकामा राहत प्याकेजका लागि छलफल भएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण