मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित
शनिबार, २६ असार २०७८, १३ : ०७
दिग्गज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।
कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका श्रेष्ठको स्वास्थ्य अहिले ठिक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
-
कृषकलाई बङ्गुरको पाठा वितरण
-
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न क्षेत्रमा सहयोग
-
सूर्यदर्शन सहकारीको अनुसन्धान सकियो, महानगरले प्रहरीलाई बुझायो प्रतिवेदन
-
बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्न व्यवसायीहरूको ध्यानाकर्षण
-
प्रधानमन्त्रीलाई भेटेपछि एकीकृत समाजवादीले भन्यो, ‘अर्को सरकार बन्ने निश्चित नभएसम्म यसैलाई निरन्तरता’