धर्मशाला पुगेर पौडेलले लिए क्रियाशील सदस्यता छानविनको जानकारी
शनिबार, २६ असार २०७८, १७ : २५
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् । क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित धर्मशाला भवनमा पुगेर छानबिन समितिका सदस्यसँग छलफल गरेका हुन् ।
छानबिन समितिका संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना , श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीसँग छानबिनको प्रगतिबारे जानकारी लिएका थिए ।
भेटमा पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिए । क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण