लामो मौनतापछि सेयर बजारमा हरियाली, एकैदिन ७३.३३ अंकको बृद्धि
लामो समयको मौनता तोड्दै आइतबार नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको बृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २ हजार ८९८.४३ बिन्दुमा पुगेको हो ।
गत साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक अधिकतम २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको थियो । त्यसो त आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।
यसदिन सबै समूहहरु धनात्मक (पोजेटिभ) हुँदा सेयर बजारमा हरियाली छाएको छ । यद्यपि, गत हप्ताको तुलनामा आइतबार अधिकतम ७३.३३ अंकले नेप्से बढे पनि कारोबार रकम भने जम्मा ८ अर्ब रुपैयाँ हारहारीमा मात्र भएको छ ।
नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड १५ लाख माथिको सेयर ८२ हजार ४९ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको मात्र कारोबार भएको छ । यसदिन तीन फाइनान्स कम्पनी श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र आइसीएफसी फाइनान्सका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाइरहँदा यता राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयर धनीहरुले अधिकतम ४.३७ प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण