हेटौंडा अस्पतालमा १ सय ३ कोरोना संक्रमितको मृत्यु

मकवानपुरको हेटौंडा अस्पतालमा हालसम्म कोरोनाका कारण १ सय ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा मात्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले बताए ।
मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए । उनका अनुसार आजै मात्र थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ की ६० वर्षीय महिला रहेकी छिन् ।
त्यस्तै हेटौंडा अस्पतालको कोभिड उपचार कक्षबाट हालसम्म ३ सय ४६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए देखि नै हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरी उपचार सेवा प्रदान गर्ने क्रममा १ सय ६४ जना महिला र १ सय ८२ जना पुरुष कोरोना संक्रमण निको भएर घर फर्किएका डा.काफ्लेले बताए ।
त्यस्तै हेटौंडा अस्पतालबाट २५ जना कोरोना संक्रमितहरुलाई अन्यत्र रिफर गरिएको उनको भनाई छ । आजै मात्र ३ जना महिला र ४ जना पुरुष गरी ७ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका हुन् ।
हाल अस्पतालको कोभिड–१९ उपचार कक्षमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईजी आचार्य अवकाशमा
-
बेलैमा उपचार नगर्दा पाठेघर गुमाउँदैछन् महिला
-
जाली नोट कारोबारमा जेल बसेर छुटेका अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
-
बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
-
माइतीघरमा अर्धनग्न सहकारी पीडितकाे प्रदर्शन (तस्बिरहरू)