हेटौंडा अस्पतालमा १ सय ३ कोरोना संक्रमितको मृत्यु
मकवानपुरको हेटौंडा अस्पतालमा हालसम्म कोरोनाका कारण १ सय ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा मात्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले बताए ।
मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए । उनका अनुसार आजै मात्र थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ की ६० वर्षीय महिला रहेकी छिन् ।
त्यस्तै हेटौंडा अस्पतालको कोभिड उपचार कक्षबाट हालसम्म ३ सय ४६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए देखि नै हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरी उपचार सेवा प्रदान गर्ने क्रममा १ सय ६४ जना महिला र १ सय ८२ जना पुरुष कोरोना संक्रमण निको भएर घर फर्किएका डा.काफ्लेले बताए ।
त्यस्तै हेटौंडा अस्पतालबाट २५ जना कोरोना संक्रमितहरुलाई अन्यत्र रिफर गरिएको उनको भनाई छ । आजै मात्र ३ जना महिला र ४ जना पुरुष गरी ७ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका हुन् ।
हाल अस्पतालको कोभिड–१९ उपचार कक्षमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण