देउवालाई पौडेलको बधाई
सोमबार, २८ असार २०७८, १४ : ०१

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि पौडेलले यस्तो प्रक्रिया दिएका हुन् ।
रातोपाटीसँग उनले भने– ‘संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ । ७० वर्ष लगाएर लडेर ल्याएको व्यवस्था र यो संविधान सुरक्षित भएको छ । नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको छ ।’
पौडेलले न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई दिएका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद दिन्छु । साथै मेरो मित्र शेरबहादुर देउवाजीलाई पनि बधाई दिन्छु, पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला
-
सुख, शान्ति र समृद्धिको बाटो : आम मानिसले बुझ्नुपर्ने सूत्र
-
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
-
लस भेगसमा नेजाको नवौँ अधिवेशन सुरु