देउवालाई पौडेलको बधाई
सोमबार, २८ असार २०७८, १४ : ०१
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि पौडेलले यस्तो प्रक्रिया दिएका हुन् ।
रातोपाटीसँग उनले भने– ‘संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ । ७० वर्ष लगाएर लडेर ल्याएको व्यवस्था र यो संविधान सुरक्षित भएको छ । नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको छ ।’
पौडेलले न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई दिएका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद दिन्छु । साथै मेरो मित्र शेरबहादुर देउवाजीलाई पनि बधाई दिन्छु, पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण