आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेता योगेश भट्टराईले गरे सर्वोच्चको आदेशको स्वागत

सोमबार, २८ असार २०७८, १४ : २२
सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्।

बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन् । हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले सांसदभित्र र बाहिर पनि एक ढिक्का रहने उनले विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप