नेप्सेमा ४५ अंकको गिरावट
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३.३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो ।
त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झर्न पुगेको छ । यस दिन म्युचुअल फण्ड बाहेकका सबै जसो समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् भने कुल २२९ कम्पनीका २ करोड ६० लाख माथिको सेयर ९२ हजार १९२ पटक किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण