विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।
‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’
उनले यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ । आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनासो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम गर्यो । विकासको पक्षमा काम गर्यो । जनतालाई राहत सुविधा पुर्याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्यो । यी दिशामा धेरै काम गर्यो । अरू त कुनै कारण छैन। ’ उनले भने ।
उनले सरकारमा नरहे पनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण