ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने
जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन लागेको सन् २०१२ पछि अहिले पहिलो पटक भएको क्योयोदो न्युजले उल्लेख गरेको छ । अहिले हुन लागेको टोकियो ओलम्पिकका आयोजकहरूले उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै सहभागी हुने अपेक्षा गरे पनि कोरोनाभाइरसको महामारीका कारण उनी सहभागी नहुनु हुने भएको जनाइएको छ ।
यसअघि सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले हुन लागेको हो । ओलम्पिक प्रतियोगिता आयोजना गरिएको स्थलमा अहिले आवत जावत खुल्ला गरिसकिएको छ ।
प्रतियोगिता स्थलमा विदेशी तथा स्वदेशी पाहुना तथा खेलाडी र उनीहरूको समूहलाई स्वागत गर्न थालिएको छ । आउनेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ । यही जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुने तालिका रहेको छ । प्रतियोगितामा २०५ देशका खेलाडी सहभागी हुने आयोजकहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण