दुई महिना अघि नै छोरा जन्माइसकेको दिया मिर्जाको खुलासा
बलिउड नायिका दिया मिर्जा आमा बनेकी छिन् । उनले छोरा जन्मिएको जानकारी सोसल मिडियामा सेयर गरेकी छिन् । दियाले १४ मे अर्थात् दुई महिना अघि नै आफ्नो पहिलो सन्तानलाई जन्म दिएको खुलासा गरेकी छिन् । दियाले छोराको नाम अव्यान आजाद रेखी राखेकी छिन् ।
समय अगावै जन्मिएको हो बच्चाः
दियाले सोसल मिडियामा छोराको जन्मसँग जोडिएका एउटा पोस्ट सेयर गरेकी छिन् । उनका अनुसार दुई महिना अघि नै जन्मिसकेको उनको बच्चा त्यतिबेला देखि नै अस्पतालको नियोन्याटल आइसीयूमा भर्ना छन् । उनले गर्भावस्थामा केही समस्या देखिएका कारण र गम्भीर ब्याक्टेरियल संक्रमणका कारण बच्चालाई खतरा भएका कारण आपतकालीन शल्यक्रिया गराएका बच्चा जन्माएको जानकारी दिइन् । दियाले छोरा अव्यानलाई घरमा ल्याउन आतुर भएको बताउँदै दिदी समायरा र हजुरबुवा–आमा नातीलाई बोक्न निकै उत्साहित भएको बताएकी छिन् ।
💖🙏🏻💖 pic.twitter.com/iL6ioUGc15
— Dia Mirza (@deespeak) July 14, 2021
वैभव रेखीसँग गरेकी छिन् विवाहः
दियाले यसै वर्ष १५ फेब्रुअरीमा वैभव रेखीसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाहमा निकै कम मानिसहरुको उपस्थिति थियो । दिया र वैभव दुबैको यो दोस्रो विवाह हो । यसअघि दियाले सन् २०१४ मा आफ्ना बिजनेस पार्टनर साहिल संघासँग विवाह गरेकी थिइन् । विवाहको पाँच वर्षपछि उनीहरु छुट्टिएका थिए । यस्तै, वैभवको पहिलो विवाह योग र लाइफस्टाइल कोच सुनैनासँग भएको थियो र यी दुईका एक छोरी पछि छिन् जसको नाम समायरा हो ।
विवाहको डेढ महिनापछि हनिमुनमा मालदिभ्समा जाँदा दियाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । उनले आफ्नो बेबी बम्पसहितको फोटो पनि सेयर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण