एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार बापत १० लाखको बीमा रकम भुक्तानी
एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।
कटुवाललाई बैंकका प्रदेश १ का डेपुटी पिएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त बीमा बापतको रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको हो । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्रविक्रम कटुवालले बताए ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंक प्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ’ उनले भने । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जनाभन्दा बढी ग्राहकहरुले बीमा वापतको ३ करोड २० लाखभन्दा बढी रकम प्राप्त वितरण गरिसकिएको बैंकले जनाएको छ ।
हाल बैंकको देशैभरबाट ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर र ८१ वटाशाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेकोमा करिब २७ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु