बागमती सरकारका २ विधेयक प्रमाणीकरण
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारका २ विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानका धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबार प्रमाणीकरण गरेको २ वटा विधेयकलाई प्रदेश प्रमुख प्रसाईले बुधबार प्रमाणीकरण गरेका हुन् ।
गतअसार २७ गतेको प्रदेशसभा बैठकले पारित गरेको प्रदेश सरकारको विनियोजन विधेयक र असार २८ गतेको प्रदेशसभा बैठकले पारित गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई प्रदेश प्रमुख प्रसाईले बुधबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।
ती दुई विधेयकहरुलाई प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट मस्यौदाको अन्तिम प्रमाणीकरण गरी प्रदेशसभामार्फत् सिफारिस भएअनुसार प्रदेश प्रमुख प्रसाईले संवैधानिक प्रक्रिया पुरा गरि प्रमाणीकरण गरेका प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।
उक्त २ विधेयकलाई आगामी साउन १ गतेबाट कार्यान्वयन गर्नुपर्ने भएकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मुद्रण इकाइले तत्काल राजपत्रमा प्रकाशन गर्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण