ओली सरकारले गरेका प्रहरीका एआईजीहरुको सरुवा थमौती
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा कार्यान्वयनमा रोक लगाइएको छ । असार २४ मा ओली नेतृत्वको सरकारले गरेको सरुवा शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन नगर्न निर्देशन दिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी महानिरीक्षकलाई सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्ले ४ जना एआईजीहरुको सरुवा र एकजनाको बढुवा पदस्थापन गरेको थियो । काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई ७ महिनामै सरुवा गर्ने निर्णय गरिएको थियो । महानगरीय प्रहरी कार्यालयमा प्रद्युम्न कार्कीलाई सरुवा गर्ने निर्णय गरिएको थियो ।
२०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका पाललाई ओलीको मन्त्रिपरिषद्ले विपक्षी गठबन्धनका आन्दोलनकारीलाई सहयोग गरेको आरोप लगाउँदै अन्यायपूर्ण तरिकाले हटाउने निर्णय गरेको थियो । डीआईजीबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गर्ने निर्णय गरिएको थियो । निरज शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने निर्णय गरिएको थियो । तत्काल रमना नलिन र आफु कार्यरत ठाउँमा नै बस्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीहरुलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण