मिदिम खोला- १ जलविद्युत आयोजना निर्माण हुने, लक्ष्मी बैंकले कर्जा लगानी गर्ने
गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होला सोथार र मर्स्याङ्दी गाँउपालिका अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिले कर्जा लगानी गर्ने भएको छ ।
हालैमात्र बैंकले जलविद्युत निर्माण कम्पनी माउन्ट रसुवा हाइड्रोपावर प्रा.लिसँग कर्जा लगानीको सहमति गरेको हो । कुल लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ । उक्त आयोजनामा बैंकले लागतको ७० प्रतिशत लगानी गर्ने सहमति गरेको छ भने बाँकी रहेको ३० प्रतिशत निर्माण कम्पनी आफैले व्यहोर्ने सम्झौता भएको छ ।
कुल उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउन्ट रसुवा हाइड्रोपावर प्रा.लि.ले झण्डै ८३.१७ मेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यसका लागि जलविद्युत आयोजना र विद्युत प्राधिकरणबीच गत माघ ७, २०७५ सालमै विद्युत खरिद बिक्रीको सम्झौता भइसकेको छ ।
उता उर्जा मन्त्रालयले यस आयोजना निर्माणका लागि गत सालको कातिक ३ गते विद्युत उत्पादनको अनुमति दिएको थियो । आयोजना जुलाई २०, २०२३ मा सञ्चालनबाट सञ्चालनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण