बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिदिम खोला- १ जलविद्युत आयोजना निर्माण हुने, लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

बिहीबार, ३१ असार २०७८, १३ : ५५
बिहीबार, ३१ असार २०७८

गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होला सोथार र मर्स्याङ्दी गाँउपालिका अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिले कर्जा लगानी गर्ने भएको छ । 
हालैमात्र बैंकले जलविद्युत निर्माण कम्पनी माउन्ट रसुवा हाइड्रोपावर प्रा.लिसँग कर्जा लगानीको सहमति गरेको हो । कुल लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ । उक्त आयोजनामा बैंकले लागतको ७० प्रतिशत लगानी गर्ने सहमति गरेको छ भने बाँकी रहेको ३० प्रतिशत निर्माण कम्पनी आफैले व्यहोर्ने सम्झौता भएको छ ।

कुल उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउन्ट रसुवा हाइड्रोपावर प्रा.लि.ले झण्डै ८३.१७ मेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यसका लागि जलविद्युत आयोजना र विद्युत प्राधिकरणबीच गत माघ ७, २०७५ सालमै विद्युत खरिद बिक्रीको सम्झौता भइसकेको छ । 

उता उर्जा मन्त्रालयले यस आयोजना निर्माणका लागि गत सालको कातिक ३ गते विद्युत उत्पादनको अनुमति दिएको थियो । आयोजना जुलाई २०, २०२३ मा सञ्चालनबाट सञ्चालनमा आउनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप