पोखरामा भीरबाट लडेर युवकको मृत्यु
शुक्रबार, ०१ साउन २०७८, १८ : ०७
पोखरामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपलिका–१८ मेथलाङस्थित भीरबाट लडेर २७ वर्षीय संजोग थापाको मृत्युको हो । साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थापाको मेथलाङस्थित भीरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
थापा भीरबाट अन्दाजी ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाका वारेमा सोधपुछ र अनुसन्धानका लागि थापाका साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण